आज: ३ जेष्ठ २०७८, सोमबार | Mon, 17, May, 2021
FLASH NEWS

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक

कञ्चनजंघा अनलाईन २७ चैत्र २०७७, शुक्रबार ०६:५९ मा प्रकाशित ( १ महिना अघि) १०२ पाठक संख्या

काठमाडौं । गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ । गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ । गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

 

टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ । टुक मान विश्वकर्माको छायाँकन , दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ‘मैलो चोली’ गीतको भिडियोमा रश्मी भटट र ओवी रायमाझीको अभिनय रहेको छ ।

‘मैलो चोली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।