आज: ८ असार २०७८, मंगलवार | Tue, 22, Jun, 2021
FLASH NEWS

देव बोहरा र बर्षा भण्डाराको अभिनयमा “मर्छु होला” सार्वजनिक

कञ्चनजंघा अनलाईन २ जेष्ठ २०७८, आईतवार ०९:५२ मा प्रकाशित ( १ महिना अघि) १५३ पाठक संख्या

काठमाण्डौं ।
गायक गोपाल जि एम को स्वरमा रहेको “मर्छु होला” गीतको भिडियो सार्वजनिक भएको छ  । मायालु जोडि विचको प्रेम पछि को विछोडलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भावनात्मक रुपमा प्रेममा आइपर्ने अफटयारो परिवेशलाई गीतमा समेटिएको छ  ।

जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन एवम निर्देशन भिडियोमा रहेको छ  । “मर्छु होला” गीतको भिडियोमा देव बोहरा र बर्षा भण्डाराको अभिनय रहेको छ ।

“मर्छु होला” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।