आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

एलिना चौहान र भुवन प्यासीको तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक

कञ्चनजंघा अनलाईन २ श्रावण २०७८, शनिबार ०७:१६ मा प्रकाशित ( १ हफ्ता अघि) ८७ पाठक संख्या

काठमाडौं । गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ । लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’ मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छिन् ।गीतमा शब्द शङ्कर अधिकारी घायलको रहेको छ भने सङ्गीत गायक भुवन प्यासीको नै रहेको छ । गीतमा एरेन्ज राजेन्द्र बजगाईको रहेको छ ।

 

कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै माया प्रेमको विषयलाई तीज गीत मार्फत सार्वजनिक गरिएको छ ।वर्तमान परिवेश सुहाउँदो चेतनामूलक गीतलाई तीजको भाकामा निर्माण गरिएको गायक प्यासीको बताए । सुर सङ्गीत स्टुडियोमा निर्माण गरिएको मखमली गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ ।

 

चितवनमा नै छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा निर्देशन शिव विकको रहेको छ । रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गायक प्यासीले गीत आफ्नो अफिसियल यूट्युब च्यालन मार्फत सार्वजनिक गरेका हुन् ।