आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

कञ्चनजंघा अनलाईन २ श्रावण २०७८, शनिबार ०९:१३ मा प्रकाशित ( १ हफ्ता अघि) ७८ पाठक संख्या

काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।

 

मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन । आफनो मायाको राजकुमारलाई मायाको संसारमा एकान्तमा प्रेमका भाव ब्यक्त गर्न गायिका आतुर रहेकी छन ।
विकाश चौधरीको संगीत तथा एरेन्जमा तयार गरिएको गीतमा पुर्ण राईको सम्पादन तथा छायाँङकन एवम उषा मलाहा ( सिम्रन )को निर्देशन रहेको छ ।गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए।