आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

चलचित्र ‘द आर्टिष्ट’ नेट युट्युवमा सार्वजनिक

कञ्चनजंघा अनलाईन ३ श्रावण २०७८, आईतवार १५:५४ मा प्रकाशित ( १ हफ्ता अघि) ५९ पाठक संख्या

काठमाडौं, साउन ३ । चलचित्र ‘द आर्टिष्ट’ नेट युट्युवमा आएको छ । टिकाध्वज थापा (रमेश)ले निमार्ण तथा जीवन शाहीले निर्देशन गरेको चलचित्र ‘द आर्टिष्ट’ साईराम पिक्चर्सबाट शनिबारदेखि युट्युवमा आएको हो । यसअघि यो चलचित्र नेटटिभीमा आइरहेको थियो ।

 

चलचित्रमा सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेश कुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, खुस्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धिरेन्द्र श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

 

हरि न्यौपानेको छायाँकनकोे चलचित्रमा वीरेन्द्र भाटको सम्पादन र अर्जुन पोख्रेलको कलर छ । एक्सन, माया प्रेम र कलाकार बन्ने सपना राखेर चलचित्र क्षेत्रमा आउनेहरूको कथा व्यक्त गरिएको चलचित्र हो द आर्टिष्ट ।