आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

भ्वाइस अफ नेपाल ३ बाट चर्चामा आएकी गायिका सुदिता राईको ‘मिठा मिठा’ गीत रिलिज (भिडियो सहित)

कञ्चनजंघा अनलाईन ३ श्रावण २०७८, आईतवार १६:०२ मा प्रकाशित ( १ हफ्ता अघि) ७९ पाठक संख्या

काठमाडौं । नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’को नकआउटबाट बाहिरिएकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत रिलिज भएको छ । ‘मिठा मिठा’ बोलको गीतमा गायिका सुदिताकै शब्द तथा संगीतपनि रहेको छ ।

 

यस गीतलाई चर्चित गायक तथा संगीतकार देबेश राईले एरेञ्ज गरेका छन् । यो गीत बिशाल चौतारी टिभीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायिका सुदिता राईको आफ्नै शब्द, संगीत र स्वरमा यो पहिलो गीत हो । बिछोडको पिडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता फिचर्ड छिन् । भिडियोलाई बिशाल राई निर्देशन गरेका हुन्, भने छायाँकन र सम्पादन पनि बिशालकै रहेको छ ।

 

गायिका सुदिता पछिल्लो समय भ्वाइसपछि गीत रेकर्डिङमा ब्यास्त रहेकी छिन् । चर्चित गायक राई इज किङ राजेश पायल राईसंगको गीतपनि अहिले चर्चामा रहेको छ ।
भिडियो हेर्नुहोस् ।