आज: ४ आश्विन २०७८, सोमबार | Mon, 20, Sep, 2021
FLASH NEWS

“आलु जस्तो लव”मा दिवस नाथ ले क्रिश नाम को मुख्य भुमिका निर्वाह गर्दै

कञ्चनजंघा अनलाईन १४ भाद्र २०७८, सोमबार १०:४६ मा प्रकाशित ( ३ हफ्ता अघि) ७० पाठक संख्या

राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव” को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा दिवस नाथ ले क्रिश नाम को मुख्ये भुमिका निर्वाह गर्दै छन। देब धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ले मुख्य सहायक निर्देशक को रुपमा काम गर्ने भएका छ्न। काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा शारदा गिरि (काली बुढी) राजकुमार शाह, सुवास भट्टराई ,भिमसेन खतिवडा,प्रीयन्सी श्रेष्ठ ,प्रीयन्का श्रेष्ठ, सोनियो रन्जित ,सुमन थोप्रा लिम्बू लगायत का कलाकार हरु को मुख्य भुमिका रहने भएको छ।