आज: ४ आश्विन २०७८, सोमबार | Mon, 20, Sep, 2021
FLASH NEWS

तीजको मुखैमा मौलीक गीत फूलै फूल्यो तिउरी

कञ्चनजंघा अनलाईन १५ भाद्र २०७८, मंगलवार ०७:२८ मा प्रकाशित ( २ हफ्ता अघि) ११५ पाठक संख्या

काठमाडौं । नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत फूलै फूल्यो तिउरी लिएर आएका छन् ।
विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युब च्यानल मार्फत गीत रीलीज गरीएको छ ।
शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत गरेको यस गीतमा अहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् । गीतलाई प्रसिद्ध मौलिक गायीका दुर्गा परियारले आवाज प्रदान गरेकी छिन् । गीतको मीक्सीङ भने मनोज परियारले गरेका छन् ।