आज: ९ कार्तिक २०७८, मंगलवार | Tue, 26, Oct, 2021
FLASH NEWS

बरिष्ट ब्युटिसिनय सोनी कारंजितद्धारो पियोर स्टाइलिस्ट ब्युटी होम उद्घाटन

कञ्चनजंघा अनलाईन १९ भाद्र २०७८, शनिबार १७:१६ मा प्रकाशित ( १ महिना अघि) २७४ पाठक संख्या

काठमाडौं । पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर नयाँ आउटलेटका साथ ललितपुरको कुमारी पाटीमा खोलिएको छ । यो पार्लर यस अघि यस अघि ललितपुरको नटोलमा रहेको थियो । यो नयाँ आउटलेटलाई चर्चित ब्युटिसियन रिना अवालेले स्थापना गरेकी हुन् ।
बरिष्ट ब्युटिसियन सोनी कारंजितले शनिबार मध्यान्नमा पाटनको कुमारीपार्टीमा खुलेको नयाँ आउटलेट पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको रिवन काटेर उद्घाटन गरिन् ।

 

बरिष्ट ब्युटिसियन सोनी कारँजितले उद्घाटनका क्रममा रिना यस अघिको पार्लर भन्दा अहिलेको पार्लर सुविधा सम्पन्न भएको भन्दै यसले कस्टमरलाई अझ बढी सुविधा दिने बताईन् । रिना आफैंमा सफल र प्रतिभाशाली ब्युटिसियन भएकाले यो पार्लरको अन्य शाखा पनि खुलोस भन्दै उनले सफलताको शुभकामना व्यक्त गरिन् ।
रिना बिगत लामो समयदेखि हेयर स्टाईलिस्ट र ब्युटिसियनको रुपमा लोकप्रिय छिन् । यो नयाँ ब्युटी होमको स्थापनाको १० औं वार्षिक उत्सबको अबसर पारेर ललितपुरको कुमारीपाटीमा खोलेको उनले बताईन् । अहिलेको पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर सबैकुराले सुविधा सम्पन्न रहेको पनि उनले बताईन् । अबै सबैलाई ब्युटी सम्बन्धि सेवा र ब्युटिसियन सम्बन्धि, बेसिक, एड्भान्स, डिप्लोमा तालिमा लिन यही पार्लमा पनि उनले अनुरोध गरिन् ।

 

यस्तै बरिष्ट ब्युटिसियन रुस्का श्रेष्ठले पानसमा बत्ति बालेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको शुभारम्भ भएको घोषणा गरिन् । ब्युटिसियन रिना अवाले ब्युटी क्षेत्रमा आफ्नो विधार्थी रहेको र विधार्थीले यती भव्य र सुविधा सम्पन्न पार्लर खोलेर प्रगति गर्दा आफुलाई साह्रै खुसी लागेको रुस्काले बताईन् ।

 

सो उद्घाटन समारोहमा अग्रज ब्युटिसियनहरु रचना महर्जन शाक्य, रेणु रानामगरले पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टर र सो पार्लरकी अध्यक्ष रिना अवालेलाई सफलताको शुभकामना दिए । सो उद्घाटन पछि पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरबाट तर्फबाट केही व्यक्तलाई सम्मान गरिएको थियो । पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरका सहयोगी, विज्ञापनदातालाई मायाँको चिनो प्रदान गरिएको थियो । सोही क्रममा १० औं वर्षको अबसर पारेर काटेर पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको सफलता सेलिबेसन गरियो ।