आज: ४ आश्विन २०७८, सोमबार | Mon, 20, Sep, 2021
FLASH NEWS

देव धिमाल को निर्देशनमा “आलु जस्तो लव”web series मा झापा का उमेश खनाल अनुबन्धित।

कञ्चनजंघा अनलाईन २४ भाद्र २०७८, बिहीबार १५:५१ मा प्रकाशित ( १ हफ्ता अघि) ७१ पाठक संख्या

राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव” को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा उमेश खनाल ले “राम” को मुख्य भुमिका निर्वाह गर्ने भएको छ । आदा दर्जन बढी म्युजिक भिडियो मा अभिनय गरेका उमेश खनाल “आलु जस्तो लव”मा चाइ राम नामको भुमिकामा देखिने छन। देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । सिरिजमा अश्मित पोखरेल ले मुख्य सहायक निर्देशक को रुपमा काम गर्ने भएका छ्न। काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा शारदा गिरि (काली बुढी) राजकुमार शाह ,भिमसेन खतिवडा,प्रीयन्सी श्रेष्ठ ,प्रीयन्का श्रेष्ठ,दिवश नाथ,सुमन थोप्रा लिम्बू, सबिना सुनार लगायत का कलाकार हरु को मुख्य भुमिका रहने भएको छ।