आज: ९ कार्तिक २०७८, मंगलवार | Tue, 26, Oct, 2021
FLASH NEWS

महेश बस्नेतको भाई हु, भनी हिड्ने नवीन बस्नेत को हुन ?

कञ्चनजंघा अनलाईन २१ आश्विन २०७८, बिहीबार १५:३० मा प्रकाशित ( २ हफ्ता अघि) ९५ पाठक संख्या

सानैदेखि पुलिससँग मिलेर मानिसहरु पक्राउने र हप्ता असुलि धन्दामा हिड्ने पेशा भएका काँडाधारी भक्तपुरका नविन बस्नेत पछिल्लो समय गृह सचिब,सम्पति सुद्धिकरणको डि.जि र अख्तियार प्रमुख मेरो मुठ्ठीमा छन् भन्दै व्यापारीहरुलाई हुरुक्क पार्ने गरेका छन्।
यिनिसगै मिलि व्यापार गर्ने,
अनि उता गएर सम्पत्ति शुद्धिकरण,अख्तियारमा उजुर हाल्ने विभिन्न व्यापारीहरूलाई फसाउने,तर्साउने मैले छुट्टै ब्यपार गरेको छु ,भनी समाननतर कम्पनी मेरो भन्ने तर उसैको विरुद्ध पटक पटक उजुर हाल्ने पदमा बसेकाहरूले आनि बानि चाल नपाई नवीन बस्नेतको उजुर पोल सुन्नु कति सम्म गल्ती हो?
सम्बन्धित निकायहरूमा बसेकाहरूले बुझ्नु जरुरी छ।कुनै दिन महेश बस्नेतको पनि यिनैले उजुर गर्ने छन ।आफ्ना पार्टनर र नजिकका सबैको उजुर बाजुर सबै ठाउँमा गर्ने गरेका छन् । विभिन्न ठाउँहरू मिलाएर तलका पुलिस कर्मचारी सरूवा गरेर लाने र सबै सुचनामा खेल्ने भक्तपुरको हुनुमन्ते खोला सर्दा विभिन्न ओहदाका ब्यक्तीहरुलाई राजेश बज्राचार्यको पाट्नर हु, भनी ठुलो दलालि गरि पैसा उठाएका थिए ।

सधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको नाम लिने नवीन बस्नेतले पटक पटक महेश बस्नेत मन्त्री नहुदा सयौं पटक माओवादीसंग भेटाई केपिको बिरुद्धमा लाग्ने षड्यन्त्र समेत गरेका थिए।

एमाले सरकारमा हुँदा फलाना फलाना काङ्ग्रेसको ब्यापारी,कर्मचारी,पुलिस भनेर औल्याउने बस्नेत अहिले काम दाम गर्न गराउन २०२१ को भुमि ऐन पल्टाउन सफल, नेपाल र भारतको बीचमा खेल्ने दक्षिणतिर ठुलै सम्बन्ध राख्ने, पुर्ब प्रधानमन्त्री के. पि शर्मा ओलि , लोकमान सिङ कार्की, माकेका नेता कृष्ण बहादुर महरा, नेपाली काग्रेशका सशाङ्क कोईराला र नेत्र बिक्रम चन्द बिप्लब सम्मको सेटिङ्ग गराउन सक्ने हालका प्रधानमन्त्री शेर बहादुर देउवाका ब्यक्ति तारा सापकोटासंग हरेक हरेक दिन उठबस गरि अरूको बिषयमा मिडियामा उजुर गरि निकल्ने गर्दछन ।

गिरिबन्धुको जग्गाको काममा समेत तारा सापकोटा मार्फत दलालि भाग लिने गरि हिडेका देखिन्छन् । एमालेको पालामा महेश बस्नेतको संरक्षणमा र काङ्ग्रेसको पालामा तारा सापकोटा मार्फत दलालि गर्ने , नवीन बस्नेत आईजिपी खनालसंग संसद अपहरणमा जोडिएको र गुण्डाहरु (चरि र घैटे)को इन्काउन्टरमा समेत जोडिएका छन् ।

केपि ओलि सरकारको पालामा पुरै समय हरेक बेलामा महेश बस्नेत मन्त्रि बन्दैछन भनि विभिन्न मन्त्रालयका डि. जि र सचिवहरुलाई तर्साउने गर्दथ्ये,
भने पछिल्लो दिन गृहमन्त्री महेश बस्नेत बन्ने पक्का भन्दै पुलिसहरूको दोल्लो काट्ने,
यी नविन बस्नेतले ठूल्ठुला मानिसलाई नै समस्या पार्दै आएका थिए ।

पदमा वा सगै काम गर्दा मख्ख पर्नेहरूले यति याद गर्न जरुरी देखिन्छ।

नबिन बस्नेतले चित्त नबुझ्दा पछि कमजोर अवस्थामा भएको अबस्थामा ब्लकमेलिङ गरि छाडने छन् । जब शक्ति सकिन्छ तब कुनै दिन सबै भन्दा बढि राजेश बज्राचार्यलाई नग्याउने यिनै नवीन हुनेछन ।